नारच्याङको माथिल्लो भेगमा तीनदिनदेखि अलपत्र पर्यटकहरुको यसरी भयो सकुसल उद्धार !

  • १८ माघ २०७६, शनिबार
  • 2764 पटक पढिएको

बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा तीनदिन देखि अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धार भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा बाटो विराएर अल्पत्र परेका सर्लाहीका अंकीत शाह, अभिषेक महतो, धनगढीका सुमन भट्ट र दोलखाका सञ्जीत लामालाई अल्पत्र परेको तीन दिनमा शनिवार विहान मात्रै उद्धार गरिएको हो ।


खोजीको लागि गएको टोलीले अप्ठ्यारो ठाउँमा अल्पत्र परेका पर्यटकहरुलाई उद्धार गरि ¥यालेखर्कको फाँटमा ल्याएपछि त्यहाँबाट हेलिकप्टर मार्फत उद्धार गरि नारच्याङ बेशिगाउँ ल्याईएको थियो । स्वास्थ्यमा समस्या देखिएका अंकीत र सुमनलाई उपचारको लागि हेलिकप्टर मार्फत नै पोखरा लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।


‘‘ पोखरा पठाईएका दुबै जनाको स्वास्थ्य अबस्था खतरामुक्त छ, चारै जनालाई सकुसल उद्धार गर्न सफल भएका छौँ’’–प्रजिअ ढकालले भन्नुभयो । पर्यटकीय स्थल घोडेपानी हुँदै खोप्रालेक भएर नारच्याङ झर्ने क्रममा अल्पत्र परेर दुई जंगलमै रात कटाएका पर्यटकहरुमा लामा र भट्ट डाक्टर र महतो र शाह इन्जिनियर पेशामा आबद्ध रहेको खुलेको छ ।
शुक्रवार साँझसम्म पनि उनीहरुको सफल उद्धार हुन नसकेपछि गृहमन्त्रालयलाई हेलिकप्टरको व्यवस्था गर्न अनुरोध गरिएको थियो । शनिवार विहान करिब ९ बजे उद्धार खोजीमा गएको टोलीले अल्पत्र पर्यटकहरुलाई भेटेको थियो । टोलीले उनीहरुलाई अप्ठ्यारो ठाउँबाट फाँटमा ल्याएपछि सिम्रीक एयरको हेलिकप्टरले दुई चरणमा गरि उनीहरुलाई वेशीगाउँमा पु¥याएको थियो ।


चार पर्यटकहरुले बाटो विराएर अल्पत्र परेपछि स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली स्थलगत रुपमा उद्धार र खोजीमा जुट्नुभएको थियो । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेका युवाहरुले मोवाईल फोन मार्फत आफुहरु अल्पत्र परेको जानकारी गराउँदै उद्धारको लागि अपिल गरेका थिए ।

                                                   यसरी भयो उद्धार
शुक्रवार विहानै प्रजिअ ढकालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोली पर्यटकहरु अल्पत्र परेको जंगलतर्फ लागेका थिए । नारच्याङका स्थानीयबासीको समेत सहयोगमा जंगलमा परिचालित टोलीले ठुलो स्वरमा आवाज निकाल्दै जंगलमा उनीहरुको खोजी सुरु गरेका थिए । नेटवर्क र मोवाईल चार्जको अभाबले अल्पत्र पर्यटकहरुसंगको सम्पर्क विच्छेद भएपछि अन्तिम सम्पर्क भएको स्थानको आधारमा लोकेशन पत्ता लगाएर स्थानीयबासी र सुरक्षाकर्मीको ४ वटा समुह परिचालन भएर खोजी गरिएको प्रनाउ कुँवरले बताउनुभयाे । शुक्रवार साँझसम्म पनि उनीहरुको सफल उद्धार हुन नसकेपछि गृहमन्त्रालयलाई हेलिकप्टरको व्यवस्था गर्न अनुरोध गरिएको थियो । शनिवार विहान करिब ९ बजे उद्धार र खोजीमा गएको टोलीले अल्पत्र पर्यटकहरुलाई भेटेको थियो । टोलीले उनीहरुलाई अप्ठ्यारो ठाउँबाट फाँटमा ल्याएपछि सिम्रीक एयरको हेलिकप्टरले दुई चरणमा गरि उद्धार गर्न सफल भएको प्रनाउ कुँवरले जानकारी दिनुभयाे। ‘‘ उहाँहरु खुला आकास र जंगलमा रहेपनि पानी र हिमपात नभएकाले गम्भिर खतराबाट जोगिएको पाईयो, उद्धार गरेको २ घण्टामै यस क्षेत्रमा फेरी हिमपात भएको छ,’’– प्रनाउ कुँवरले भन्नुभयाे ।
                              रुखको कापमा रात वितायौँः पर्यटक
पर्यटकीय स्थल घोडेपानी हुँदै खोप्रालेक पुगेका चार जना पर्यटकहरु नारच्याङ गाउँ झर्नको लागि खोप्रामा खाना खाएर यात्रा सुरु गरेका थिए । पदयात्राको अधिकाँश भाग हिउँले ढाकिएको कारण बाटो बिराएर जंगलतर्फ पुगेपछि आफुहरु अल्पत्र परेको टोलीमा सहभागी सन्जीत लामाले बताउनुभयाे। विहिवार मध्यान्नदेखी नै हामीले मुल बाटो पहिचान गर्न सकेनौँ, जता गयो उतै हिउँ छ, बाटो कतै देखिएन मोवाईल सम्पर्क मार्फत उद्धारको लागि खवर पठायौँ’’–उहाँले भन्नुभयाे । ३ ÷४ घण्टामै गाउँमा पुग्ने जानकारीपछि खानेकुरा र पानीको समेत बन्दोबस्त नगरिकन यात्रा गरेकाले दुईदिनसम्म भोकै र नसुतिकन विताएको उहाँले बताउनुभयाे । चिसोबाट बच्न रुखको कापमा बसेर रात कटाएको उनले बताए । आफुहरुलाई उद्धार गरि नयाँ जिवन दिएको भन्दै उहाँहरुले उद्धारमा जुट्ने सुरक्षाकर्मी, स्थानीयबासी र सम्बद्ध सबैलाई आभार प्रकट गर्नुभएकाे छ ।