ब्रेकिङ न्युज : तीनदिनदेखि अलपत्र पर्यटकहरु सकुसल भेटिए, हेलिकप्टर मार्फत उद्धार गर्न सुरु

  • १८ माघ २०७६, शनिबार
  • 2983 पटक पढिएको

बेनी १८ माघ  ।  अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र तीनदिन देखि अल्पत्र परेका चार जना नेपाली पर्यटक भेटीएका छन् ।  पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुलाई आज विहान मात्रै खोजी टोलीले फेला पारेका हो ।

उद्धार र खोजीमा गएको टोलीले अल्पत्र परेका पर्यटकहरुलाई भेट्याएपछि ¥यालेखर्कमा ल्याएको र त्यहाँबाट हेलिकप्टर मार्फत उद्धार सुरु गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चारै जना पर्यटकको अबस्था सकुसल रहेको र दुई जनालाई हेलिकप्टर मार्फत नारच्याङको बेशी गाउँ पु¥याएर बाँकी रहेका पर्यटकहरुलाई पुनः हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको छ । एक जना पर्यटकको स्वास्थ्य अबस्था विरामीको कारण कमजोर रहेको बुझिएको र उनीहरुको व्यवस्थित र प्रभाबकारी उद्धारमा जुटेको प्रजिअ ढकालले बताउनुभयो ।

अल्पत्र परेका पर्यटकहरुको खोजीमा शुक्रवार दिनभर खोजी कार्य गरिएको भएपनि उनीहरुलाई भेट्न नसकिएपछि आज गृहमन्त्रालय मार्फत हेलिकप्टर परिचालन भएको थियो । अहिले सिम्रीक एयरको हेलिकप्टर मार्फत उनीहरुको उद्धार भैरहेको छ । विहिवार दिउँसोदेखि बाख्लो हिउँले पदमार्ग पुृरिएको कारण जंगल क्षेत्रबाट गलत बाटोतर्फ लागेर अल्पत्र पर्ने पर्यटकहरुमा १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीमा जुट्नुभएको थियो ।