लिटल गार्डेन एकडेमीमा सामाजिक, कलासस्कृति तथा शैक्षिक सामाग्री प्रर्दशनी

  • १८ माघ २०७६, शनिबार
  • 2448 पटक पढिएको

म्याग्दी, १८ माघ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडमीले समुदायमा रहेका विभिन्न जातजातिको कलासस्कृति झल्कने सामाग्री, चित्रकला, विज्ञान तथा शैक्षिक सामाग्री प्रर्दशन गरेको छ। विद्यालयमा ४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको सहयोगमा समुदायमा मानिसले दैनिक जीवनमा प्रयोग गरिने विभिन्न सामाग्री र विद्यार्थीले निर्माण गरेको शैक्षिक सामाग्री प्रर्दशन गरिएको हो ।


समाजमा दैनिक रुपमा प्रयोग गरिने घरायसी सामाग्री, कलासस्कृतिको महत्व बुझाृउन र कलासस्कृतिको संरक्षणमा विद्याथीलाई जिम्मेवार बनाउन शैक्षिक सामाग्री प्रर्दशनी राखिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताए । उनले विद्यार्थीले प्रयोगात्मक रुपमा निर्माण गरेको सामाग्री विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी हुने बताए । विद्यार्थी र अभिभावक लगायतले प्रर्दशनीको अवलोकन गरेका थिए ।