अन्नपूर्ण ३ दानामा एमाले बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 3617 पटक पढिएको

म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका ३ दानाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ ।

महिला वडा सदस्यमा चोमाया पाईजा (५१२), दलित महिला सदस्यमा गंगा बिक (४२६), खुल्ला सदस्य कृष्णबहादुर पुर्जा (५०७) र हस्तबहादुर पुन (४३३) मत ल्याएर बिजयी हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालीकाको तिन वटाको मतगणना गर्दासम्म एमालेका अध्यक्षका उमेद्वार नारायण पुनले ९५०, काँग्रेसका डमबहादुर पुनले ७६७ र माओवादी केन्द्रका कुलबिर राम्जालीले २१४ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाईजाले ९९२ र काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।