०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय कांग्रेस बैठकबाट अनुमोदन
- १३ माघ २०७६, सोमबार
- 1614 पटक पढिएको
सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई आज सर्वसम्मत निर्णय गरिएको हो।
‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग शर्माले भने। शर्माका अनुसार जिल्ला अधिवेशनको कार्यतालिका यसअघिको भन्दा हेरफेर गर्ने सहमति पनि भएको छ।