काँग्रेसले राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी बिमला गौचन छनौट
- २० पुष २०७६, आईतवार
- 1640 पटक पढिएको
म्याग्दी, २० पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट म्याग्दीकी बिमला गौचन उम्मेदवार चयन भएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको हो ।
शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले गण्डकी प्रदेशबाट म्याग्दीकी गौचन र स्यांजाका सुर्यप्रसाद रेग्मीलाइृ उम्मेदवार छनौट गरेको हो । राष्ट्रिय सभा उम्मेदवार चयन भएकी गौचन नेपाली काँग्रेस म्याग्दीको अगुवा महिला नेतृ हुन् । निर्वाचन आयोगको तालिका बमोजिम माघ ९ गते राष्ट्रियसभा सदस्यको मतदान हुनेछ । जसका लागि आइतबार मनोनयन दत्र्ताको समय तोकिएको छ ।