मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिबमा म्याग्दीका रोका चयन

  • ६ पुष २०७६, आईतवार
  • 2974 पटक पढिएको

म्याग्दी ६ पुस । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सचिबमा म्याग्दीका समिर रोका निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट रोका सर्वसम्मत रुपमा सचिबमा चयन भएका हुन्. । अधिवेशनले अध्यक्षमा बागलुङका विष्णु आले मगरलाइ चयन गरेको छ । अधिवेशनले आलेको अध्यक्षताका १९ सदस्यीय गण्डकी प्रदेश समिति गठन गरेको हो ।


समितिको उपाध्यक्षमा प्रेम बुढा मगर (कास्की), भाषिक उपाध्यक्षमा बसन सारु मागर (तनहुँ), ध्रुब घर्ती मगर (कास्की), महिला उपाध्यक्षमा उमा देवी पुन मगर (पर्वत),सह–सचिवमा सुजन पुन मगर (पर्वत) र कोषाध्यक्षमा लक्ष्मी पुन मगर (कास्की) रहेका छन् ।


यस्तै सदस्यहरुमा सुसिल थापा, राजिव थापा, बुद्ध गर्जा, स्मीता थापा, प्रेम बुढा, अंकु पुन, कृष्ण बुढाथोकी, दिलिप राना, डेक पुन र प्रतिक घर्ती चयन भएका छन् । सचिबमा निर्वाचित सञ्चारकर्मी समेत रहेका रोका नेपाल मगर विद्यार्थी संघ म्याग्दीको समेत सचिब हुन् । नवगठित समितिको पहिलो बैठकले अन्य ६ जना सदस्य मनोनित गर्ने जनाईएको छ ।