बेनीबाट १२ जना जुवाडे प्रकाउः अनुसन्धानका लागि भन्दै नाम खुलाउन प्रहरीद्धारा अस्विकार
- ८ मंसिर २०७६, आईतवार
- 3385 पटक पढिएको
म्याग्दी, ८ मंसिर । सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ । बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो ।
पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले गरेकाे थियो । प्रकाउ पर्नेमा २ महिला र १० जना पुरुष रहेको बताईएपनि प्रहरीले अनुसन्धान जारी रहेको भन्दै उनीहरुको नाम खुलाउन अस्विकार गरेकाे छ ।