नेपाल बैंक बेनी शाखामा टोकन प्रणाली सुरु
- ४ मंसिर २०७६, बुधबार
- धिरन खत्री
- 3472 पटक पढिएको
म्याग्दी, ४ मंसिर । नेपाल बैंक लिमिटेड बेनी शाखाले ग्राहकको सुविधाको लागि टोकन प्रणाली लागु गरेको छ । सेवा लिन प्रवेश गर्ने ग्राहकले मेशिनबाट टोकन लिएर बैंकबाट नगदी भुक्तानी, बचत, कर्जा सेवा लिने गर्छन् ।
टोकन प्रणालीले ग्राहकलाई लाईन बस्न नपर्ने, पालो कुर्नु नपर्ने र कर्मचारीलाई काम गर्न सहज भएको बैंकका प्रवन्धकले जानकारी दिए । लाईन लगाउने, पालो मिचिने समस्या हटेको छ। टोकन लिएपछि माईकबाट टोकन नम्वर बोलाईन्छ सो सेवा विभिन्न शाखाबाट लिने ब्यवस्थाले ग्राहकलाई सहज भएको छ ।
बैंकको ८३ औँ बार्षिक उत्सवको अवसरमा ग्राहकलाई प्रदान गरिने सेवा दिगो, भरपर्दो र मजबुद बनाउन टोकन सिस्टम सुरु गरिएको नेपाल बैंक लि बेनी शाखाका प्रवन्धक मोहन लामिछानेले बताए । बैंकबाट दैनिक १ सय ५० जना ग्राहकले सेवा लिदै आएको जानकारी दिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l