पोखरेबगरमा नेपालको कर नीति बिषयक अन्तरक्रिया

  • ४ मंसिर २०७६, बुधबार
  • 2474 पटक पढिएको

म्याग्दी, ४ मंसिर । राष्ट्रिय कर दिवस–२०७६ को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा नेपालको कर नीति बिषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आठौ कर दिवसको अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यवसायी र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।


‘स्वच्छ कर प्रशासनःविकास र शुसासन’ भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुडका कर अधिकृत बुद्धि आचार्य संगै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य,प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ,महासचिव लिलाराम गौतमले सहजीकरण गर्नुभएको थियो ।


अन्नपूर्ण बजार ईकाइका अध्यक्ष दशरथ कर्माचार्यको सभापतित्व,गाउपालिकाका उपप्रमुख केशमाया मगरेको प्रमुख आतित्यथा,वडा नं १ का अध्यक्ष दिलिप गर्वूजा,वडा नं २ का अध्यक्ष ओम प्रसाद फगामी,वडा नं ६ का अध्यक्ष कृष्ण बरुवाल को विशिष्ट आतित्यता र गाँउ ईकाइका सदस्य आत्म तुलाचनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १२० जना भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले करनितिको बिषयमा आफूले नबुझेका र आफूलाई अप्ठेरा परेका बिषयमा आ–आफ्नो जिज्ञासाहरु राखेका थिए भने कर अधिकृत ,जनप्रतिनिधि र म्याग्दी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारहरुले लिने करको बिषयमा प्रश्नको जिज्ञासा मेट्न सहजीकरण गरेका थिए ।

साथै धेरै उद्योगी व्यवसायीहरुलाई राज्यले लिने कर एकद्धार प्रणाली अन्तर्गत लिईदिए आम व्यवसायीहरुलाई सजिलो हुने सुझाब दिएका थिए । साथै घरेलु कार्यालयलाई गाँउपालिकामा ल्याउन पहल गरे यसले साना घरेलु लघु उद्यमीहरुलाई सहज हुने र नयाँ व्यवसाय दर्ता गर्दा बाणिज्य फर्म नयाँ व्यवसाय दर्ता गरी लाईसन लिन सजिलो हुने बताएका थिए ।