विद्यार्थीद्धारा देउसीभैलोबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण

  • ४ मंसिर २०७६, बुधबार
  • 2665 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । रघुगंगा विद्यार्थी मञ्चद्धारा आयोजित देउसी भेलौ कार्यक्रमबाट संकलित रकम मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको छ । मुक्तिधाम शाखाले रघुगंगा गाउँपालिका–२ राखु भगवतीका मृगौला पीडित ठाकुर परीयार र वडा नम्वर ३ पिप्लेकी क्यान्सर पीडित डिलमाया विकलाई सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकम ९३ हजार २ सय रुपैया पीडितद्धयलाई नगदसहित जिन्सी हस्तान्तरण गरेका छन् ।


रोगको गम्भीरताका आधारमा मृगौला पीडित परियारलाई रु ६० हजार, क्यान्सर पीडित विकलाई २५ हजार सहित ४÷४ हजार रुपैयाँ बराबर रकमको दुवैलाई खाद्यान्न हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सागर खत्रीले बताए । कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवाल, मुक्तिधाम माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुृर मल्ल, रघुगंगा विद्यार्धी मञ्चका खत्री, प्रअ अमर कटुवाल र विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थितमा मुक्तिधाम माविको प्रांगरणमा सहयोग हस्तान्तरण गरिएको थियो ।


तिहारको अवसरमा राखु भगवती र पिप्लेमा मुक्तिधाम माविका मञ्चमा आवद्ध विद्यार्थीहरुले देउँसीभेलो आयोजना गरि रकम संकलन गरेका थिए । भने देश तथा विदेशमा रहेका जिल्लाबासीको सहयोग रहेको संयोजक विवेक चन्दले जानकारी दिए ।