विद्यालयलाई दूई थान कम्युटर सहयोग गर्ने गिरिलाई सम्मान
- २ मंसिर २०७६, सोमबार
- धिरन खत्री
- 2454 पटक पढिएको
म्याग्दी, २ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर उपलब्ध गराउने स्थानीय समाजसेवी राज गिरिलाई विद्यालयद्धारा सम्मान गरेको छ। समाजसेवी राज गिरिले विद्यालयलाई दुईथान कम्युटर, नगद १० हजार रुपैयसहित विद्यार्थीलाई खाजा सहयोग गरेका थिए । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करण( अर्जुन) भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ डेकबहादुर भण्डारी, अभिभावक र विद्यार्थीद्धारा फुलमालासहित सम्मानपत्रद्धारा सहयोगदाताँ गिरि र बाल गायिका निसा भण्डारीलाई सम्मान गरिएको थियो । गायिक भण्डारीले मुक्तिधाम माविको कक्षा सातमा अध्ययनरत छिन् ।
गिरिले विद्यालयलाई यस अघि हिमालयन प्रोजेक्टमार्फत ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएका थिए । उनले आगामी दिनमा विद्यालयको शिक्षालाई ब्यवहारिक र प्रविधिमैत्री रुपमा अघि बढाउन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्रअ भण्डारी र शिक्षक सिमा खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
२०२४ सालमा स्थापना भएको स्कूललाई भौतिक पुर्वाधारसंगै प्राविधिक रुपमा कम्युटर शिक्षा संचालन गर्ने योजना रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए । ६० जना अध्ययरत विद्यार्थीलाई विद्यालयले दिवा खाजाको समेत ब्यवस्था गरेको छ । शिक्षक गंगा भण्डारीको संचालन र दिर्घदत्त सुवेदीको स्वागत मन्तव्य रहेका कार्यक्रममा विद्यार्थीद्धारा सास्कृतिक नृत्य राखेका थिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l