सुत्केरी भएको दिन आमाको मृत्यु
- २६ कार्तिक २०७६, मंगलवार
- 4147 पटक पढिएको
म्याग्दी, २६ कात्तिक । यातायातको पहुचँ नपुगेको म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा एक सुत्केरी आमाको मृत्यु भएको छ । लुलाङ निवासी ३० बर्षकी सतिकला विकको सुत्केरी भएको १२ घण्टा नवित्दै मंगलबार दिउसो मृत्यु भएको हो । गएराति १२ बजेर ५३ मिनेट समयमा विकले लमसुङ स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भएर छोराको जन्म दिएकी थिइन । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य भएपछि घरपरिवारको आग्रहमा विहान ४ बजे विकलाई स्टेचर मार्फत स्वास्थ्य चौकीबाट घर लगेका थियो ।
घरमा पुगेपछि सुत्केरी विकको स्वास्थ्यमा गम्भिर समस्या आएर ब्यहोस हुन पुगेका थिइन । बेहोस अवस्थामा रहेकी विकलाई स्थानीयले स्टेजमै बोकेर दिउँस पुन स्वास्थ्य चौकीमा पु¥याएपनि उन्को उपचारकै क्रममा मृत्यु भएको धौवलागिरि गाउँपालिका २ का वडाअध्यक्ष गमप्रसाद विकले जानकारी दिए ।
स्वास्थ्य चौकीमा ल्याएकी विकको स्वास्थ्य अवस्था गम्भिर बनेको र गाउँपालिकाको समन्वयमा पोखरा रिफर गर्ने तयारी गर्दागर्दै विकको मृत्यु भएको स्वास्थ्य चौकीकी अनमी मिठु पाईजाले जानकारी दिईन । भौगोलिक रुपमा विकटता रहेको लुलाङमा सुत्केरी आमा गम्भिर विरामी भएलगतै स्वास्थ्य चौकीको प्राप्त जानकारी अनुसार गाउँपालिकाले गण्डकी प्रदेश सरकारको समन्वयमा हेलिकप्टर मार्फत उद्धारको तयारी गरेको थियो । गाउँपालिका अध्यक्ष पुनले सुत्केरी आमाको निधनले दुखि तुल्याएको बताइन ।
“जनचेतनाको अभावले सानै उमेर धेरै बच्चा जन्माउने समस्या छ, उद्धारको लागि हामीले पहल गर्दै थियौँ । पोखराबाट हेलिकप्टर उड्दै गर्दा यता आमाको ज्यान गयो ।” अध्यक्ष पुनले भनिन् । यसअधि विकले ४ ओटा सन्तानको जन्म दिएकी थिईन ।