उपचार खर्च जुटाउन देउसी भैलो आयोजना

  • ८ कार्तिक २०७६, शुक्रबार
  • 1747 पटक पढिएको

म्याग्दी, ८ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– राखु भगवतीमा उपचार खर्च जुटाउन देउसी भैलो आयोजना गरिएको छ । रघुगंगा विद्यार्थी मञ्च मुक्तिधाम मावि शाखाको आयोजनामा उपचार खर्च जुटाउन भैलो कार्यक्रम राखिएको हो ।


साँस्कृति जर्गेनाकाको साथै राखु भगवतीका मृगौला पीडित २६ बर्षिय ठाकुर परियार र राखु पिप्लेकी ४२ बर्षिय क्यान्सर पीडित डिलमाया वि.कको उपचारको लागि आर्थिक सहयोग जुटाउनका लागि सो कार्यक्रम आयोजना गरिएको रघुगंगा विद्यार्थी मञ्च भगवती शाखाका अध्यक्ष विवेक चन्द्रले जानकारी दिए ।
संकलन भएको रकम रोगको प्रकृतिअनुसार विरामीलाई हस्तान्तरण गरिने मञ्चका सदस्य सागर भण्डारीले बताए । कलासस्कृतिक संरक्षण तथा युवाहरुमा सहयोगको भावना जगाउन आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेका परियारलाई सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए । देउसीभैलो कार्यक्तम कात्तिक ९ गतेबाट सुरु हुने छ।