कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

  • ५ आश्विन २०७६, आईतवार
  • धिरन खत्री
  • 3867 पटक पढिएको

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् ।


बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुइ बालिका बेपत्ता भएका हुन् । बेनी नगरपालिका ९ बस्ने पार्वती परियारकी १० बर्षकी छोरी प्रविना परियार र बेनी नगरपालिका ५ खोरगैरा बस्ने अनिता परियारका छोरी अनुश्का परिया बेपत्ता भएका हुन् ।


खोलाले धार परिबर्तन गरि बस्तीतिर आएको बाढीले बगरफाटमा स्थायी रुपमा बस्ने दिपक जुग्जाली, पार्वती परियार, राममाया परियारको ३ घरमा पुर्ण क्षति गरेको छ । भने ३ घरमा आशिक क्षेती गरेको छ। सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पुणर््ा क्षती भएको छ।


स्थानीयबासी चित्रबहादुर रिजालका अुनसार राती आएको बाढीले खोलको धार परिवर्तन गरि ३ घर पुर्ण क्षति र घर आशिँक क्षतिसहित विद्यालय पुर्ण क्षति पु¥याएको छ। भने बेनी बजारबासीले खानेपानी पाईपमा क्षति पु¥याएको छ। प्रहरी टोलीले बेपत्ता भएका दुइ बालिकाको खोजी गरिरहेको छ । क्षतिको विवरण संकलन गर्दै छ । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l