भकुण्डेमा काँग्रेसको जागरण अभियान

  • ३० भाद्र २०७६, सोमबार
  • 1919 पटक पढिएको

 

बेनी, ३० भदौ । नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार बेनी नगरपालिका–२ भकुण्डेमा अगुवा कार्यकर्ता भेला तथा प्रक्षिशण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–१ रत्नेचौर, २ ज्यामरुककोट र ३ भकिम्लीका कार्यकर्ताहरुलाई समसामयिक राजनीतिक विषयमा पार्टीको बिचार, नीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण दिनुका साथै सुझाव संकलन र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद तथा केन्द्रीइ प्रतिनिधि गोविन्द प्रसाद कडेलले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै गलत कामको भण्डाफोर गर्न र संगठनलाई बलियो बनाउन आग्रह गर्नुभयो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाको विकास निर्माणलाई सन्तुलित, पारदर्शी, व्यवस्थित र जनसहभागिता बनाउने चाहना भएको बताउदै जनताको चाहना र आवश्यकतालाई सम्बोधनका लागि पहल गर्ने बताउनुभयो ।

ज्यामरुककोट इकाई सभापति क्षेत्रबहादुर थापाको अध्यक्षता, सचिव यामबहादुर कार्कीको सञ्चालन र भिमबहादुर पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रवत्ता अजयमिलन श्रेष्ठ, लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष बिक्रम बोगटी र तरुण दलका नेता सोम हुमेनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रामकृष्ण घिमिरे, बसन्त बोगटी, ओमबहादुर आले, जसबहादुर पुन, टिकाराम बोहोरा, भविन्द्र दर्जी, रुपा सापकोटा, दिर्घ रिजाल, मिनबहादुर खत्री र छवीलाल श्रेष्ठले पार्टीको आन्तरिक एकता र संगठन बलियो बनाउन सुझाव दिनुभएको थियो ।