रघुगंगामा शैक्षिक जागरण अभियान सुरु
- २८ भाद्र २०७६, शनिबार
- 1814 पटक पढिएको
म्याग्दी, २८ भदौ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले शैक्षिक जागरण अभियान सञ्चालन गरेको छ । विद्यालयसंग गाउँपालिकाको शिक्षा समिति र जनप्रतिनिधिहरुबिच छलफल गरि सामुदायिक विद्यालयका समस्या पहिचान, गुनासा संकलन र अवस्था पहिचानको लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
अभियान अन्र्तगत सामुदायिक विद्यालयको अवस्था सुधारको लागि सम्बन्धित विद्यालयका प्रअसंग प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्झौता समेत गर्ने जनाइएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट औपचारिक रुपमा अभियानको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, शिक्षा समितिका सदस्य रिम कटुवाल, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दलबहादुर थापाको टोलीले विद्यालयको अबस्थाबारे स्थलगत रुपमा निरिक्षण तथा सरोकारवालासंग सामुहिक छलफल गरेको थियो । टोलीले विद्यालयको शैक्षिक प्रशासन, पूर्वाधार संरचना, अभिलेख व्यवस्थापन, लेखा परिक्षणको अबस्था लगायतको बारेमा समेत छलफल र समिक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिए । ‘‘समृद्व गाउंपालिका निर्माणको आधारः शैक्षिक सुशासन र गुणस्तरमा सुधार’’ नारा सहित जागरण कार्यक्रम संचालन गरेको रघुगंगाले शिक्षक अभाबको सामना गरिरहेका विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
शैक्षिक जागरण मार्फत जनशक्तिको अवस्था पहिचान गरि करार शिक्षक पदपूर्ति सम्वन्धि कार्यविधि–२०७६ बमोजिम विज्ञापन गरि करार शिक्षक नियुक्ति गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । जागरण अभियानको समिक्षा पश्चात टोलीको प्रतिवेदनको आधारमा शिक्षक दरवन्दी मिलान तथा शिक्षक व्यवस्थापन गर्ने जनाइएको छ । गाउँकार्यपालिकाको अध्यक्ष स्तरीय निर्णयनुसार सञ्चालन गरिएको अभियान गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा पु¥याउने गाउँपालिकाले जनाएको छ । अभियानले सामुदायिक विद्यालयको शैक्षिक अवस्था र समस्या पहिचान गरि गुणस्तर सुधार र प्रभावकारीता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।