दशैँको टिकाको साईत, १०ः३५ बजे उत्तम साईत तोकियो

  • २२ भाद्र २०७६, आईतवार
  • 2696 पटक पढिएको

म्याग्दी, २२ भदौ । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलबार परेको विजयदशमी को टिकाको साईत बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ।

घटस्थापनको लागि असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम समय रहेको समितिले जनाएको छ ।