धार्मिक गुरुहरुलाई अभिमुखीकरण

  • २० भाद्र २०७६, शुक्रबार
  • 1419 पटक पढिएको

बेनी, २० भदौ । प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको आयोजनामा बिहीबार बेनीमा धार्मिक गुरुहरुका लागि लैङ्गिक हिंसामा आधारित देवानी र फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलत धार्मिक मान्यताका कारणले हुने लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बेनीका मन्दिर, शिवालय, मञ्जिद, चर्च र वुद्धबिहारका धार्मिक गुरुहरु र संस्थापकहरुको सहभागिता थियो ।


३२ जनाको सहभागिता रहेको कार्यक्रमको मुक्तिप्रसाद ढुङ्गानाले सहजिकरण गर्नुभएको थियो । सिविन नेपालले २०७३ देखि बेनी नगरपालिकामा बालिका पैरवी सञ्जाल परियोजना सञ्चालन गर्दै आएको छ । लैङ्गिक हिंसा, बालबिवाह र हानिकारक परम्परागत अभ्यास न्युनीकरणका लागि परियोजनाले पैरवी गर्दै आएको परियोजनाका जिल्ला संयोजक बसन्त ढुङ्गानाले बताउनुभयो ।