बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

  • १९ भाद्र २०७६, बिहीबार
  • 1720 पटक पढिएको

 

बेनी, १९ भदौ । अन्तराष्ट्रिय सामाजिक संस्था रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिहीबार बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालीत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई कापी, कलम, ज्यामीति बक्स र कम्बल वितरण गरेको हो ।

रेडक्रसका शाखा सभापति लेखबहादुर हमालको अध्यक्षता, मन्त्री यामबहादुर चोखालको सञ्चालन र उपसभापति अमर बानियाको स्वागतमा भएको कार्यक्रममा नेपाल बाल संगठनका सभापति नेत्रबहादुर महतले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी रेडक्रसको भिरमुनी उपशाखाले स्थापना दिवसको अवसर पारेर मृगौला पिडित डेगनाथ पौडेल र निशा सुवेदीको उपचारका लागि २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उपशाखा सभापति यामबहादुर बानियाले बताउनुभयो ।