धवलागिरीको केन्द्र जाने सडकको बिजोग (तस्बिर सहित)

  • १८ भाद्र २०७६, बुधबार
  • 2162 पटक पढिएको

म्याग्दी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जाने दरबाङ–ताकम हुँदै मुना सडक बर्षात र पहिरोको कारण जिर्ण बनेको छ । बाढीको कारण बादीकाको उकालोको सडक जिर्ण बनेको र ताकम–धारापानीको बिचमा रहेको डाँडाचौरमा पहिरोले सडक अबरुद्ध बनेपछि स्थानीयबासी समस्यामा परेको ताकमका व्यवसायि रामजी मल्लले बताए ।


डाँडाचौरमा पहिरोले सडक नै अबरुद्ध बनाएको छ । अहिले धारापानीदेखि ताकम जोड्ने बैकल्पिक सडक हुँदै आवत जावत गरेपनि उक्त सडकको अबस्था समेत जिर्ण रहेकाले पहिरो नियन्त्रण र रोकथाम गरि सडक सुचारु गराउन स्थानीयले माग गरेका छन् ।