मृत्यु दावी रकम भुक्तानी

  • १७ भाद्र २०७६, मंगलवार
  • 1567 पटक पढिएको

 

बेनी, १७ भदौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीमा जिवन बिमा गरेका धवलागिरी गाउँपालिका–४ मुदीका पुजन पुनको बुवा टेकप्रसादको २०७६ जेठ २३ गते माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । उनको एक लाख रुपैयाँ बराबरको बिमा गरिएको थियो ।

बिमितको आश्रितको मृत्यु भएकाले पुजनकी आमा बिनदेवी पुनलाई मंगलबार एक लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीका बेनी शाखा प्रमुख प्रकाश त्रिपाठीले बताउनुभयो । पुन परिवारले सात हजार तीन सय रुपैयाँका दरले तीन पटक गरेर २१ ह्जार ९०० रुपैयाँ प्रिमियम भुक्तानी गरेका थिए ।

बाँकी बिमा अवधि समाप्त हुनुभन्दा दुई वर्षअघि पच्चिस हजार, एक वर्षअघि पच्चिस हजार र समाप्ती भएपछि पचास हजार सहित पुरा अवधिको बोनस पनि प्राप्त गर्ने कम्पनीका खम थापाले बताउनुभयो ।