महिला बाह्माण समाज म्याग्दीद्धारा निशा सुवेदीको उपचारमा आर्थिक सहयोग

  • १७ भाद्र २०७६, मंगलवार
  • 2281 पटक पढिएको

म्याग्दी, १७ भदौँ । दूवै मृगौलामा समस्या देखिएपछि गण्डकी अस्पताल पोखरामा उपचार गराइरहेकी निशा सुवेदीको उपचारका लागि महिला बाह्माण समाज म्याग्दीले आठ हजार पाचँसय रुपैया आर्थिक सहयोग गरेका छन् ।


सुवेदीको स्वास्थ्थ लाभको कामना गर्दै महिला बाह्माण समाज म्याग्दीको टिमले आर्थिक संकलन गरेर आर्थिक संकलन अभियानका संयोजक नेत्रराज सुवेदीलाई हस्तान्तरण गरेका थिए ।  गण्डकी अस्पतालमा उपचार गराइरहेकी सुवेदीको उपचारका लागि हालसम्म १ लाख ८० हजार रुपैया आर्थिक संकलन भएको संयोजक सुवेदीले जानकारी दिए । रोजगारको शिलशिलमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा सो रकम संकलन भएको उनले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक संकलन थालिएको छ । अस्टेलियामा उपचारका लागि आर्थिक संकलन अभियाना चलिरहेको छ। भने उनको उपचारका लागि अन्य देशमा रहेका म्याग्देलीहरुलाई सहयोग संकलन अभियान थालेको बताए ।
स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले आर्थिक समस्याबाट उपचारमा समस्या परिरहेकी मृगौला पीडित सुवेदीलाई सहयोग गरिदिन संयोजक नेत्रराज सुवेदीले आग्रह गरेका छन् । उनको साथमा एक महिनाको नानी पनि छ ।