ज्ञानप्रकाशका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • १६ भाद्र २०७६, सोमबार
  • 1745 पटक पढिएको

 

बेनी, १६ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । बालकक्षा देखि ५ कक्षा सम्मका २५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो ।

एक/एक थान विद्यालय झोला, कलर बक्स, ज्यामिति बक्स, पेन्सील, कापी वितरण गरिएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा यसअघि दोवाको कैलाश माविका ९९ जना   विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री वितरण गरिएको थियो । गाउँपालिकाका सामाजिक विकास समितीका संयाेजक अाेम बहादुर पुनकाे प्रमुख अातित्यथामा भएकाे  कार्यक्रममा शिक्षा शाखाका संयोजक भरत पुन , संस्थाका प्रतिनिधि  सुरेश प्याकुरेल, सुगम भट्टराइ र मन्त्रीका स्वकीय सचिबालय सदस्य गम बहादुर लगायतकाे उपस्थितिमा वितरण गरिएको थियो ।