मुनामा पलम्बर तालिम

  • ५ भाद्र २०७६, बिहीबार
  • 5279 पटक पढिएको

मुना ५ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा तीन दिने पलम्बर तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सरसफाई कार्यक्रम अन्तरगत पलम्बर तालिम सञ्चालन भएको हो ।

विद्यालय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको सहभागिता रहेको तालिमको खानेपानी टेक्नीसियन समेत रहनुभएका वडा न. ४ का सचिव यामबहादुर घर्ती र कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारले सहजिकरण गर्नुभएको थियो ।

विद्यालय र समुदायमा खानेपानी मर्मतका लागि आवश्यक ज्ञान सिप प्रदान गरि जनशक्ति तयार पार्ने उद्देश्यले आयोजित तालिममा चन्द्रज्योती मावि खिवाङ, वुद्धिविकास मावि मुदी, धनजनता मावि फलियागाउँ र धवलागिरी आधारभूत विद्यालय मुनाका १२ जनाको सहभागिता थियो ।

मुनाका वडा अध्यक्ष पुर्म पुनको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा सहभागिहरुलाई खानेपानी मर्मतका लागि आवश्यक सामग्रीको किट बक्स वितरण गरिएको थियो ।