मुनामा सहकारी व्यवस्थापन तालिम

  • ४ भाद्र २०७६, बुधबार
  • 2390 पटक पढिएको

 

म्याग्दी, ४ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार सहकारी व्यवस्थापन तथा सुशासन सम्बन्धी तालिम सुरु भएको छ ।  गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा सुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुनेछ् ।


गुर्जा, मुना, मुदी र लमसुङमा सञ्चालित ५ वटा सहकारीका १६ जना सहभागि तालिमको भरत केसीले सहजिकरण गर्नुहुने जनाएको छ ।  मुनाका वडा अध्यक्ष पुर्म पुनको अध्यक्षता, संगम म्याग्दीका जेटिए खिमकुमारी खड्काको सञ्चालन र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवास थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।


सहकारीका अध्यक्ष तथा पदाधीकारीहरुको क्षमता विकास गरि सहकारीलाई व्यवस्थित बनाउने र सुशासन कायम राख्ने उद्देश्यले तालिम आयोजना गरिएको संगम म्याग्दीका नारायण जिसीले बताउनुभयो ।