क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

  • ३२ श्रावण २०७६, शनिबार
  • 2643 पटक पढिएको

म्याग्दी,३२ साउन । क्षत्री महिला समाज म्याग्दीको तेस्रो साधारसभा तथा दोस्रो अधिवेशनबाट कमल खत्रीको अध्यक्षमा नया कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ ।


शनिबार बेनीमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सञ्जु बरुवाल, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पुष्पा थापा, कोषाध्यक्षमा कल्पना खत्री, सह–सचिवमा रोजीना क्षेत्री रहेको २३ सदस्य कार्यसमिति चयन गरिएको छ । त्यस्तै बेनी नगर क्षत्री महिला समाजको अध्यक्षमा सिताँ कुवर सर्वसम्वत चयन भएकी छन् ।


तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उदघाट्न गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले समाजमा जातजाति फरक भएपनि धर्म, सस्कृति र मुल्यमान्यता एउटै भएको बताउदै सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । त्यस्तै सो कार्यक्तममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, क्षेत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापा, केन्द्रिय सदस्य अमृतादेवी बानियाँ, क्षेत्री समाज म्याग्दीको अध्यक्ष विरबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


क्षेत्री महिला समाज म्याग्दीकी अध्यक्ष भावना पौडेल क्षेत्रीको अध्यक्षता, प्रथम उपाध्यक्ष कमला खत्री जिसिको स्वागत मन्तव्य रहेको कार्यक्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला थापा, प्रगति प्रतिवेदन र कार्यक्रमको संचालन सचिव सञ्जु बरुवालले गरेकी थिईन ।