वडाअध्यक्ष थापामा गरिएको दुव्र्यवहारप्रति नेकपाका सांसद र नेताद्धारा भ्रत्र्सना
- ३० श्रावण २०७६, बिहीबार
- 2456 पटक पढिएको
म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापामा गरिएको दुव्र्यवहारप्रर्ति म्याग्दीका नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर भ्रत्र्सना गरेको छ । विहिबार वडाअध्यक्षप्रति सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति म्याग्दीका सांसद तथा जिल्ला नेताले भ्रत्र्सना गरेका हुन् ।
जनताको सेवाका लागि जनताको मतद्धारा निर्वा्चित भएर खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय व्यवहारप्रति गण्डकी प्रदेशका सांसद विनोद केसीले आपत्ती जनाएका हुन् । उनीहरुले कार्यकक्षमा रहेका वडाअध्यक्षप्रति स–प्रमाण प्रस्तुत नगरि गरिएको र्दुव्यहारप्रति आपत्ती जनाएका हुन् ।
नेकपाका अध्यक्ष गोविन्द्र पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, नेता देवेन्द्रबहादुर केसी, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी लगायतका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिलाई अपमानजनक व्यवहार गर्ने विप्लवका कार्यकर्ताहरुलाई कारवाहीको माग गरेका छन् ।
बेनी नगरपालिका– २ का वडा अध्यक्ष हिराबहादुर थापालाई विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा भ्रष्टाचार, बजेट वितरणमा अनियमितता लगायतकोे आरोप लगाउदै कालोमोसो दलेका थिए ।