वडा अध्यक्ष थापालाई कालोमोसो
- ३० श्रावण २०७६, बिहीबार
- 4170 पटक पढिएको
म्याग्दी, ३० साउन । बेनी नगरपालिका– २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलिएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो दलेको हो ।
भ्रष्टाचार, बजेट वितरणमा अनियमितता गरेको आरोप लगाउदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जानकारी दिएको छ ।