सिचाई सुबिधाले रत्नेचौरका कृषकलाई सहज
- २६ श्रावण २०७६, आईतवार
- धिरन खत्री
- 2219 पटक पढिएको
म्याग्दी २६ साउन । समथर भुभाग रहेको बेनी नगरपालिका–१ रत्नेचौरमा तेइस साले पक्की नहर निर्माणले खेतीबाली लगाउन कृषकहरुलाई सहज भएको छ । पक्की नहर निर्माण भएपछि कृषकहरुलाई समयमै खेत रोप्न र निरन्तर सिचाईमा सहज भएको छ ।
पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुदाँ खेतीबाली लगाउन समस्या थियो । ४ सय २० मिटर लामो पक्की नहरले खेतबालीमा समय तालिका अनुसार सिचाई गन सहज भएको कृषक माया थापाले बताईन ।मुहानको पानी कच्चि कुलोबाट खेतसम्म पुग्दा रसाएर पुरा मात्रामा पुग्दैनथ्यो । नजिक बाह्यैमाशे बग्ने खोलाहरु भएपनि ब्यवस्थित नहरको असुविधाले कृषकले लगाएको खेतीले ३ महिना खान पुग्ने खेती हुन्थ्यो।
बेनी नगरपालिकाको १४ लाख ३२ हजार ५ सय र जनश्रमदान ३ लाख ३ हजारसहित १७ लाख ३६ हजारले सिचाई नहर निर्माण गरिएको २०२३ साले कुलो मर्मत योजनाका सचिव दानबहादुर महतले बताए ।पक्कि नहर निर्माणपछि रत्नेचौरका ९० घरधुरीलाई ३ सय ५० रोपनी खेतमा धानबाली तथा हिउँदे खेतीमा सिचाईलाई सहज भएको छ ।
बाह्ै महिना नियमित सिचाई सुबिधा उपलब्ध भएपछि रत्चेचौरमा कृषकहरुले व्यवसायिक तरकारी खेतीलाइ राहत मिलेको छ । भने अहिल्य सिचाई सुविधाले धान खेती समयमै र ब्यवसायीक तरकारी अन्य बालीको लागि रत्नेचौरबासीलाई सहज हुने देखिन्छ ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l