राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन
- २० बैशाख २०७४, बुधबार
- 4634 पटक पढिएको
म्याग्दी,२० बैशाख । म्याग्दीको राखुभगवतीमा पञ्चेबाजा गितको भिडियोको छायाकंन भएको छ । आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा” बोलमा रहेको पञ्चेबाजा गितको भिडियो सुटिङ राखुमा गराएका हुन् ।
रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा रहेको लय शब्दमा पहिलो एल्बमको गित बजारमा ल्यााएको हुन । उक्त गितको गायक प्रकाश सपुत÷दशरथ खत्री र देवी घर्तीको स्वरमा रहेको गितको निर्देशन शंकर विसिले गरेका हुन । गितमा मोडेल गायक दशरथ खत्री र चर्चित मोडेल अन्जली अधिकारीले गरेका हुन् ।
गितको छायाकंन म्याग्दीको सदरमुकाम बेनीबजार, धार्मिक पर्यटकिय स्थल गलेश्वरधाम र पर्यटकिय सम्भावना रहेको धार्मिक रुपमा एतिहासिक भगवती कोट मन्दिर र रुईसे भेडिओढारको पर्यटन विकास र राखुमा रहेको मौलिक सस्कृतिको प्रबद्धन गर्ने उद्देश्यले जन्मस्थलमा गितको भिडियो गरिएको गायक दशरथ खत्रीले बताए ।
Dherai ramro