आमा समुहद्धारा ज्येष्ठ नागरिक आश्रममा अन्नदान

  • १३ श्रावण २०७६, सोमबार
  • 2170 पटक पढिएको

म्याग्दी १३ साउन । म्याग्दी बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा आमा समुहले अन्नदान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुह र पिप्लेमा रहेको उदा आमा समुहले पुलत्स्य पुहल अन्नदान क्षेत्रलाई रु १० हजार बढीको विभिन्न समाग्री सहयोग गरेका हुन् ।


ज्येष्ठ नागरिकहरुको खाना र आवासको व्यवस्थापन गर्दै आएको अन्नदान क्षेत्रलाई चामल, दाल, तेल, चिनि लगायतका सामाग्री सहयोग गरिएको पवित्र आमा समुहका अध्यक्ष कमला केसीले जानकारी दिनुभयो ।