तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना
- १३ श्रावण २०७६, सोमबार
- 2144 पटक पढिएको
म्याग्दी १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा प्रहरीको अस्थायी पोष्ट स्थापना भएकोे छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा रहेको यस बस्तीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ६ जना जनशक्ति रहने गरि अस्थायी पोष्ट स्थापना गरिएको हो ।
यो पोष्ट संगै म्याग्दीमा प्रहरीको सेवा २२ ठाउँमा विस्तार भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत यस क्षेत्रमा बाढी, पहिरो र सडक अबरुद्ध हुने क्रम बढेको र स्थानीयको समेत माग भए बमोजिम पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
यो सडक खण्डमा केही समय अगाडी यात्रुहरु नै लुटिएको कारण समेत तिर्थयात्री र सवारी साधनका यात्रुहरुले समेत सडकखण्डमा प्रहरीको सक्रियता बढाउनुपर्ने माग गर्दै आएका थिए । प्रहरीको पहुँच बढेसंगै स्थानीय स्तरमा आगुपदार्थ सुव्र्यसनी न्युनीकरण संगै पर्यटक र यात्रीहरुमा सुरक्षाको पत्याभुति बढ्ने अपेक्षा गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।
पोष्टको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । उनले प्रहरीको पहुँचलाई विस्तार गर्दा नागरिकमा सुरक्षाको पत्याभुति हुने र समाजमा शान्ति सुरक्षा कायम गर्न सघाउ पुग्ने धारणा राखेका थिए ।