म्याग्दीमा चौध करोड राजस्व संकलन
- १२ श्रावण २०७६, आईतवार
- 3189 पटक पढिएको
बेनी १२ साउन । म्याग्दीमा गत आर्थिक वर्षमा चौध करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघीय सरकारका कार्यालयले तेह् करोड ३६ लाख ८० हजार ६६२ र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय –कोलेनिका)ले जनाएको छ ।
सबै भन्दा बढी कोलेनिकाले सात करोड ५८ लाख ४४ हजार ६२२ रुपैयाँ राजस्व उठाएको कार्यालय प्रमुख चन्द्रशेखर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रिम आयकर वापत एक करोड ५९ लाख, पारिश्रमिक कर वापत एक करोड ७५ हजार ८२८ रुपैयाँ राजस्व प्राप्त भएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयबाट एक करोड ७७ लाख ८६ हजार ४६३, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कोषमा एक करोड २३ लाख, ८५ हजार ९५४, मालपोत कार्यालयले ८५ लाख ७३ हजार २८७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले करिब ४२ लाख रुपैया जरिवाना वापत राजस्व संकलन गरेको छ । प्रदेश कार्यालय मध्य सबैभन्दा बढी घरेलु उद्योग विकास समितिमा ३४ लाख ४४ हजार र वन डिभिजनले सात लाख १२ हजार ९२७ रुपैयाँ राजस्व उठाएको छ ।