म्याग्दी अनलाईनका सम्पादक खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार
- १० श्रावण २०७६, शुक्रबार
- 2036 पटक पढिएको
म्याग्दी १० साउन । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री पुरस्कृत हुने भएका छन् । महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कार मध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’बाट म्याग्दी अनलाईन डटकम र समृद्ध साप्ताहिकका सम्पादक खत्री पुरस्कृत हुन लागेका हुन् ।
गण्डकी प्रदेश स्तरको छनौटमा प्रतिस्पर्धा मार्फत खत्री पुरस्कृतको लागि छनौट भएको महासंघले जनाएको छ । प्रादेशीक शिक्षा पत्रकारिता पुरस्कारको राशी रु २० हजार रहेको छ । साउन १४ गते काठमाण्डौमा बिशेष कार्यक्रम आयोजना पुरस्कृतको लागि छनाँैट भएका पत्रकारहरुलाई पुरस्कार प्रदान गरिने जनाईएको छ । म्याग्दीमा विगत १ दशकदेखि पत्रकारिताम क्रियाशिल रहेका खत्री नयाँ प्रत्रिका दैनिक, रासस, एविसी टेलिभिजन लगायतमा समेत आबद्ध रहेका छन् । म्याग्दी मिडिया साेसाइटीका अध्यक्ष समेत रहेका खत्री नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिब हुन् ।
त्यसैगरि रु ५१ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ । सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १र१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरिएको छ।
यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ। पुरस्कार साउन १४ गते काठमाडौंमा एक समारोहकाबीच वितरण गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिएका छन्।