बेनी–जोमसोम सडकमा चारदिनपछि सिधा सवारी सुचारु
- ९ श्रावण २०७६, बिहीबार
- 2010 पटक पढिएको
बेनी ७ साउन । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडकखण्डमा चारदिनपछि सिधा सवारी सुचार भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा गत सोमबारदेखि सिधा सवारी अबरुद्ध बनेको थियो ।
सडक माथिबाट खसेको पहिरोले सडकमा पूर्ण क्षति पु¥याएपछि भिरमा विष्फोटक पदार्थ प्रयोग गरि नयाँ ट्याक निर्माण गरि विहिवार साँझदेखि सवारी सुचारु गराईएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो । अबरुद्ध सडक सुचारु भएपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट बेनी, पोखरा, काठमाडौ लगायत देशका विभिन्न स्थानमा छुटेका सवारी साधनहरु आवत जावतमा सहजता भएको छ ।
पहिरोले १० मिटर बढी सडक पूर्ण रुपमा क्षति पु¥याएको थियो । सिधा सवारी अबरुद्ध भएसंगै यात्रुहरुले घुमाउरो बाटो हुँदै सवारी परिवर्तन गरि सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका थिए । ७६ किलोमिटर दुरीको कच्चि अवस्थामा रहेको बेनी–जोमसोम सडकको यात्रा बर्खासंगै जोखिम र सकसपूर्ण बन्न थालेको छ ।
सडक विस्तारका क्रममा धेरै ठाउँमा पहाड खनिएकाले पहिरो खस्ने र हिलो जम्ने समस्या बढेको छ । सडकको म्याग्दीको गलेश्वर देखि मुस्ताङको घाँसा सम्मको सडकखण्ड पहिरो संगै कालिगण्डकी नदीको कटानको कारण जोखिमपूर्ण छ । यो सडक खण्डमा नियमित जसो सवारी अबरुद्ध हुँदै आएको छ ।