नदीमा बाढी आउँदा पनि खुसीयाली ! (फोटो कथा)

  • ८ श्रावण २०७६, बुधबार
  • 3035 पटक पढिएको

 

बेनी ८ साउन । बर्षातको समयमा खहरे खोला देखि ठुला नदीहरुमा भल बाढी आउने खतरा बढेको छ । नदीहरुको बहाब बढ्ने र बाढी पहिरोको जोखिम उच्च हुँदा नदीको तटिय क्षेत्रका बासिन्दामा त्रास छाउनु स्वभाविक हो । तर बुधवार म्याग्दी नदीमा यस वर्षकै ठूलो बाढी आउँदा सर्वसाधारणमा त्रास त छायो नै केही व्यक्तिहरुमा बाढीले खुसीयाली नै ल्याएको झल्को पनि देखियो ।

खासगरि दरबाङ, बावियाचौर, सिंगा हुँदै सदरमुकाम बेनी बजारसम्म म्याग्दी नदीको तटिय क्षेत्रमा बाढीले बगाएर ल्याएका दाउरा र माछा छोप्नेहरुको भिडभाड नै लाग्यो । बाढीमा जोखिम मोलेर माछा र दाउरा छोपिरहेका व्यक्तिहरुको सक्रियता नियाल्दा उनीहरुमा बाढीले एक प्रकारको खुसीयाली नै ल्याईदिएको थियो ।

सुरक्षा निकाय र जनप्रतिनिधिको अनुरोधलाई वेवास्ता गर्दै केहि सर्वसाधारणले बाढीमा ज्यानकै बाजि लगाएर माछा र दाउरा छोपिरहेका थिए । यता बर्षातको समयमा खोलामा पानीको बहाब जुनसुकै समयमा पनि बढ्ने भएकाले नदीको तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले सार्वजनिक आह्वान समेत गरिसकेको छ ।

बाढीले बगाएर ल्याउने माछा स्वस्थकर नहुने भएकाले पनि खोलामा बगाएर ल्याएको माछा उपभोग नगर्न सरोकारवालाहरुले सचेत गराएका छन् ।

तस्बिर राजकुमार पाण्डे/ सामाजिक सञ्जाल 

बाढीकाे भिडियाे ः

म्याग्दी नदीमा भिषण बाढी आएपछि त्रसित !

म्याग्दी नदीमा आयो एक्कासी भिषण बाढी ! बावियाचौरबाट खिचिएको भिडियो