म्याग्दी जेसीजद्धारा लभ्लीहिल पदमार्गमा बृक्षारोपण

  • ४ श्रावण २०७६, शनिबार
  • 1527 पटक पढिएको

म्याग्दी, ४ साउन । म्याग्दी जेसिजले बेनी, मोना– लभ्लीहिल पदमार्ग वृक्षारोपण गरेको छ । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा निर्माण गरिएको पदमार्गमा बृक्षारोपेण गरिएको हो ।


म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्तममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जय श्रेष्ठ, शाखाका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ लगायतका पुर्व अध्यक्ष र कार्यसमितिहरुको उपस्थितमा ५० भन्दा बढी फूलहरुको बोटहरु रोपिएको थियो ।
पदमार्गमा हिड्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउन वृक्षारोपण गरिएको शाखा अध्यक्ष थापामगरले बताए ।