कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जलको उपचारमा कोरियाबाट ३८ हजार आर्थिक सहयोग प्राप्त
- २३ असार २०७६, सोमबार
- 2664 पटक पढिएको
म्याग्दी, २३ असार । कलेजोमा घाउ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा कोरियामा रहेका नेपालीहरुबाट कमल बाछछिटेको संयोजनमा संकलन गरिएको रकम किन्जलको उपचारका लागि हस्तान्तरण गरिएको हो ।
सो रकम आर्थिक संकलन अभियानकी रसिला परियारलेस्थानीय समाजसेवीहरुको उपस्थितमा किन्जल र उन्को आमा मसिनी परियारलाई हस्तान्तरण गरेका थिए ।कलेजोमा घाउसंगै वरिपरि पानी फोका देखिएपछि काठमाण्डौको टिचिङ अस्पतालमा फागुनदेखि उपचार गराईरहेकी परियारलाई थप उपचारका लागि आर्थिक समस्या परेपछि स्वदेश तथा विदेशमा सहयोग संकलन अभियान थालिएको थियो । सहयोगको क्रममा कतारबाट विनोद रत्नको संयोजनमा १४ हजार संकलन गरिएको रकम हस्तान्तरण गरिएको थियो ।
कलेजोमा समस्या देखिएपछि पोखरा र काठमाण्डौको अस्पतालमा उपचार गर्दा २ लाख खर्च भईसकेको छ । दोस्रो अप्ररेशनका लागि आर्थिक समस्या परेको छ, उनले नियमित औषधी खाईरहेकी छन् । नियमित खाने औषधी किन्न पनि समस्या सिर्जना भएको आमा मसिनि परियारले जानकारी दिईन ।
कलेजामा समस्या भएकी किन्जलले विभिन्न क्षेत्रका समाजसेवी ब्यक्ति, आमासमुह, क्लव सरकारी तथा गैरसरकारी संघसंस्था, गाउँपालिका र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गरिरहेकी छन् ।