यौनजन्य दुरव्यवहार न्यूनीकरणका लागि अभिमुखीकरण

  • २१ असार २०७६, शनिबार
  • 1357 पटक पढिएको

 

बिम २१ असार । मालिका गाउँपालिका–७ बिममा शुक्रबार यौनजन्य दुरव्यवहार न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत किसानी प्राबिधिक शिक्षालयका विद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले यौनजन्य दुरव्यवहारका कारण, असर, बच्ने उपाय र कानुनका विषयमा सहजिकरण गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता, कर्मचारी कमला शर्माको सञ्चालन र शिक्षालयका प्रमुख करन कडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।यसैगरी मालिका गाउँपालिकामा रहेका ४० वटा बालबिकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बालविकास केन्द्रका बालबालिकाहरुको पढाईप्रति रुची बढाउने र खेल्दै सिक्ने वातावरणका लागि आवश्यक सामग्रीहरु वितरणका साथै सहयोगी कार्यकर्ताहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाको शिक्षा शाखाका संयोजक तेजप्रसाद लामिछानेले बताउनुभयो ।