सार्वजनिक शिक्षा सवलिकरण बनाउन अन्तरक्रिया

  • २१ असार २०७६, शनिबार
  • 2681 पटक पढिएको

बेनी २१ असार । बेनी नगरपालिका अन्तरगत रहेका निःशुल्क प्रदान गर्दै आएको सामुदायिक विद्यालयलको सार्वजनिक शिक्षालाई सवलिकरण बनाउन अन्तरक्रिया गरिएको छ । बेनी नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेको सार्वजनिक शिक्षालाई सरल, सबैको पहुचँमा पु¥याउने लक्षसहित सर्वपक्षिय अन्तरक्रिया राखिएको हो ।


शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा जनप्रनिनिधि, विद्यालयका प्रअ, शिक्षक, विद्याथी, पेशागत शिक्षक संगठनका प्रतिनीधि, युवा संजाल, विद्यार्थी संगठनका प्रतिनिधि र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षको उपस्थितमा भएको अन्तक्रियामा सार्वजनिक शिक्षा सवलिकरण सम्वन्धि जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगनाले अवधारणा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रस्तुत कार्यपत्रमाथि विभिन्न धारण राख्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले नगरपालिकाको शैक्षिक गुणस्तर विकास गर्नका लागि क्षमता र सिपलाई विविधताकरण गर्नुपर्ने बताउदै शिक्षालाई विद्यालयको संरचनाअनुसारअपाङ्गतामैत्री, खेलकेन्द्रित, विज्ञानकेन्द्रित, समाजविज्ञान केन्द्रित र प्राविधिक जनशक्ति रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पारे ।


त्यस्तै बेनी नगरपालिकाको बसाइसराइलाई रोक्न शिक्षा र स्वास्थ्यको आवश्यक पुर्वाधार निर्माण गरि भरपदौ जनशक्ति उत्पादनमा जोड दिनुपर्ने अन्तरक्रियामा उपस्थितले जोड दिएका थिए ।
बेन नगरपालिका उपमेयर सन्जु बरुवालले नगरपालिकाको शिक्षालाई जनतामाझँ भरपर्दो बनाउन आवश्यक सुधारका पहलहरु भइरहेको जानकारी दिईन । सो कार्यक्तममा प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद पराजुली रहेको अन्तरक्रियामा विश्व रेग्मीको सहजीकरण र जयराम सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।