बेनी–जोमसोम सडक निर्माण क्रममा ठेकेदारको लापरबाहीले बेनीमा खानेपानी समस्याः समयमै मर्मत गर्ने सहमति

  • २० असार २०७६, शुक्रबार
  • 2196 पटक पढिएको

म्याग्दी, २० असार । म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएको छ । बेनी जोमसोम सडक आयोजना अन्तर्गत गलेश्वर देखि तिलकिनी, घुमाउनेताल, चमेरा र राउमारे अन्तर्गत ठेकेदार कम्पनीले सडक स्तोरन्नती गर्ने क्रममा जथाभावी रुपमा बेनी खानेपानीको पाईपलाई विगार्ने  र समयमै पाईप जडान नगर्नाले बेनीमा खोनपानीको समस्या भएको हो ।


बेनी जोमसोम सडक निर्माणको क्रममा ठेकदारको लापरबाहीका कारण जथाभावी पाईप फोड्नु र समयममै मर्मत गर्ने काममा बेवास्ता गर्नुका कारण बजारबासीलाई खानेपानी समस्या भएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए। ठेकेदारले गैरजिम्मेवारी पुर्ण दंगबाट खानेपानीलाई बेवास्ता गर्दै सडक स्तोरन्नतीलाई ध्यान दिदाँ पानी प्रयाप्त रुपमा आउने पानी नआएपछि सर्वपक्षिय छलफल राखिएको अध्यक्ष सुवास कुमार श्रेष्ठले बताए ।


विहिबार जिल्ला प्रशासन कार्यालयमा, प्रमुख जिल्लाअधिकारी लिलाधर अधिकारी, बेनी नगरपालिकाको उपमेयर, बेनी खानेपानी संस्थाका अध्यक्षसहितको समिति, बेनी जोमेसोम कोरला सडकका ईन्जिनियर र सडक निर्माण कम्पनिका प्रतिनिधिविच छलफल भएको थियो । सो छलफलबाट बेनीमा पानीको समस्या उत्पन्न नहुने गरि सडक निर्माण कार्य गर्नै खानेपानी संस्था,सडक आयोजना र ठेकेदार विच सहमति भएको छ।


सवपक्षिय छलफलमा बेनी जोमसोम कोरला सडक योजनाले सडक स्तोरन्नती काम संचालन गर्दा बेनी खानेपानी आयोजनाद्धारा संचालीत खानेपानीको आपुर्तिमा कुनैपनि अवरोध नआउने गरि संचालन गरिने सहमति भएको छ । निर्माण ब्यवसायीले सडक निर्माणको क्रममा पाईप टुटफुट भएर खानेपानी आपुर्ति अवरोध भएको दुईघण्टाभित्र मर्मत गरि सुचारु गर्ने, त्यस्तै सडक निर्माण खण्डमा खानेपानी स्थायी जि. आइ. पाईप लाईन ब्यवस्थापनको लागि बेनी जोमसोम कोरला सडक योजनालाई अनुरोध गर्ने सहमति भएको खानेपानी आयोजनाका सचिव रमेश गिरिले जानकारी दिए ।


एकमहिनादेखि बेनीमा खानेपानी सहज आपुर्ति नहुदाँ खानेपानी संस्थाले सदरमुकाम अन्र्तगत विभिन्न टोलमा खोनपानी आउने समय र नआउने समय सार्वजनिक गरेको संस्थाका प्रवन्धक चन्द्रबहादुर थापाले बताए ।