बेनीमा सिडिओको प्रत्रकार सम्मेलन ? शान्ति सुरक्षा र सुशासनमा ध्यान केन्द्रित (भिडियो सहित)

  • १६ असार २०७६, सोमबार
  • 1859 पटक पढिएको

म्याग्दी १६ असार । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शान्ति, सुरक्षा र सुशासन आफ्नो प्राथमिकतामा परेको बतानुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले जिल्ला स्थित सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई सरलिकरण गर्ने, सेवालाई नागरिकमैत्री बनाउने र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनेतर्फ ध्यान केन्द्रित भएको बताउनुभएको हो ।

प्रजिअ अधिकारीले जिल्लाको ४५ वटै वडामा पुगेर बस्तुस्थिति बुझ्ने काम भएको बताउँदै बजार अनुगमनलाई स्थानीय तहहरुमा समेत सक्रिय बनाएको बताउनुभयो । प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई सरलिकरण गर्नको लागि स्थानीय तहबाट आएका निवेदनमा थप निवेदन लेख्न नपर्ने, राहदानी छोटो समयमै उपलब्ध हुने लगायतका सेवाबाट सेवाग्राहीलाई झण्झट हटेको बताउनुभयो ।

उहाँले जिल्लामा हुने नदी दोहन कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपनि नदीलाई दोहन गर्नेमा संलग्नलाई जरिवाना गरि कारबाहीको दायरामा ल्याउने कामको थालनी भएको बताउनुभयो । बर्षातको समयमा हुने सम्भावित विपदको लागि पूर्वतयारी गरिएको बताउँदै प्रजिअ अधिकारीले विपद पूर्वतायरीको लागि स्थानीय तहहरुसंग समन्वय र सहकार्य भैरहेको बताउनुभयो ।

विपदको सुचना तथा उद्धारको लागि सहयोग पु¥याउने उदेश्यले जिल्ला आपतकालिन केन्द्र सञ्चालनमा ल्याईसकिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । प्रअिज अधिकारीले यस बर्ष जिल्लाको विभिन्न ११ ठाउँमा घुम्ती शिविर मार्फत सेवा प्रवाह भएको जानकारी गराउँदै आगामी बर्षमा समेत स्थानीय तहहरुको आबश्यकता अनुसार एकिकृत घुम्ती सेवा शिविरलाई निरन्तरता दिईने बताउनुभयो ।