भकिम्लीको डोलेमा पशु स्वास्थ्य शिविर

  • १४ असार २०७६, शनिबार
  • 1462 पटक पढिएको

बेनी १४ असार । बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा शुक्रबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा ग्रामिण क्षेत्रका कृषकहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन भएको हो ।

शिविरमा ९० जना कृषकहरुको करिब तीन हजार पशुपंक्षिका लागि औषधी वितरण गरिएको शाखाका पशु सेवा प्राबिधिक प्रदिप गौतमले बताउनुभयो । वडा अध्यक्ष पदम पुनले शिविरको उद्घाटन गर्नुभएको थियो ।

शाखाका प्रमुख पशु चिकित्सक लक्ष्मिप्रसाद पौडेलको नेतृत्वमा रहेका प्राबिधिकहरुले सेवा दिनुभएको थियो ।