अर्मनमा राप्रपाको वडा समिति गठन
- २० जेष्ठ २०७६, सोमबार
- 1161 पटक पढिएको
बेनी २० जेठ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा सोमबार ताराबहादुर खत्रीको अध्यक्षतामा राप्रपाका वडा समिति गठन भएको छ । राप्रपाका गण्डकी प्रदेश समितिका सहसचिव बिनोद भट्टचनको उपस्थितीमा भएको कार्यकर्ता भेलाबाट समितिको सचिवमा पृथ्वी भट्टचनलाई चयन गरिएको छ ।
सदस्यहरुमा टेकबहादुर खत्री, टेकबहादुर खत्री (छिस्वाङ), हर्कबहादुर खत्री, मनप्रसाद बुढाथोकी, निलेश भट्टचन, मेखबहादुर रोका, तिलकुमारी तुलाचन, जगदेवि भट्टचन, पदमकुमारी भट्टचन रहनुभएको छ ।यसैबिच राप्रपाले हिन्दु धर्मको जागरण अभियान अन्तरगत राष्ट्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा जेठ २५ गते बेनीमा आमसभा गर्न लागेको सहसचिव भट्टचनले बताउनुभयो ।