खबरामा सहकारी शिक्षा

  • १८ जेष्ठ २०७६, शनिबार
  • 2228 पटक पढिएको

बेनी १८ जेठ । बेनी नगरपालिका २ खबराको राधाकृष्ण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । ४० जना सेयर सदस्यहरु सहभागी तालिमको समापन कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका सचिव ज्योती लामीछानेले कृषि सहकारी मार्फत उत्पादन र बजारीकरण गरेर कृषकको आयआर्जनमा सुधार ल्याउन सकिने बताउनुभयो ।

उहाँले सहकारीको मूल्य र मान्यता तथा सिद्धान्त अनुसार सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिदै आयआर्जनमा जोडिन आग्रह गर्नुभयो । तालिमको तिलबहादुर घिमीरे (ओमकार)ले सहजिकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष भद्रबहादुर कार्कीको अध्यक्षता, सचिव सोबित शर्माको सञ्चालन र कोषाध्यक्ष मिनाकुमारी शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।