लमसुङमा सिलाई कटाई तालिम
- १८ जेष्ठ २०७६, शनिबार
- 1735 पटक पढिएको
बेनी १८ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा दुई महिने सिलाइकटाई सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा संगम म्याग्दीको सहजिकरणमा तालिम सुरु भएको हो । १० जना सहभागि तालिमको लक्ष्मी थापाले सहजिकरण गर्नुहुने जनाइएको छ ।
गाउँ कार्यपालिका सदस्य सुवादेवी पुर्जाको अध्यक्षता, संगम म्याग्दीका जेटिए खिमकुमारी खड्काको सञ्चालनमा भएको तालिम उद्घाटन कार्यक्रममा संगमका लघु उद्यम विकास अधिकृत धनमाया किसानले उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।