जामुनाखर्क माविमा आयोजित शैक्षिक महोत्सव सम्पन्न : प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्कर्ष

  • १८ जेष्ठ २०७६, शनिबार
  • धिरन खत्री
  • 2749 पटक पढिएको


म्याग्दी, १८ जेठ । स्थानीय साधन र स्रोतलाई वैज्ञानिक विद्यिद्धारा प्रयोग गर्न सरकारी विद्यालयमा प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्र्कष निकालेका छन् । जामुनाखर्क माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवमा उपस्थित सरोकारवाला र बुद्धिजिविहरुले रोजगारी सिर्जनाका लागि स्थानीय साधनस्रोत प्रयोग गर्ने प्राविधिक शिक्षालाई अनिवार्य र सर्वशुलभ बनाउनुपर्ने निष्र्कष निकालेका हुन् ।


जिल्लामा भएका स्थानीयतहले स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर रोजगारी सिर्जना गर्ने प्राविधिक शिक्षा संचालन तथा शिक्षा नीति निर्माणमा ध्यान दिनुपर्ने उपस्थित विभिन्न क्षेत्रका बुद्धिजीवीले जोड दिएका थिए । विद्यालयको शिक्षाको स्वरुप परिर्वतन गर्न स्थानीय तहको भूमिका महत्वपुर्ण रहेको बताउदै प्रध्यापक डाक्टर कर्णबहादुर बानियाँले जिल्लाको कृषि र फलफूल खेती, पशुपंक्षी पालन, पर्यटन, जलस्रोत, जडिबुटि संरक्षण तथा उपयोगको सम्भावना र शिक्षा नीति निर्माण आवश्यक सम्वन्धको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपक्रमा प्राध्यापक डांक्टर होमबहादुर बरुवाल र प्रध्यापक किरण सापकोटाले सो कार्यपत्रमा टिप्पणी गर्दै स्थानीय तहको सम्भावना उजागर गर्ने प्राविधिक शिक्षा नीति निर्माणमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले बुद्धिजिविसंग समन्वय गनुपर्नेमा जोड दिएका थिए ।

४ दिनसम्म संचालन भएको शैक्षिक महोत्सवमा ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलनाराका साथ जामुनाखर्क माविले आयोजना गरेको शैक्षिक महोत्सवमा शैक्षिक क्षेत्रको कार्यपत्र प्रस्तुत र टिप्पण्ी गरिएको थियो । भने विभिन्न विद्यालयहरुले आविष्कार गरेको शैक्षिक सामाग्री, शैक्षिक बहस लगायतको कार्यक्तम सम्पन्न गरिएको विद्यालय प्रध्यानध्यापक सोमनाथ ढुंगनाले जानकारी दिए । साथै विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्दै विभिन्न सरकारी सेवा र बैकं लगायतको क्षेत्रमा उच्च पदमा पुगेका भुतपुर्व विद्यार्थीहरु विच अन्तक्रिया तथा छलफल गरिएको थियो ।

जिल्लामै फरक शैलिमा आयोजना गरिएको शैक्षिक महोत्सवमा विभिन्न विद्यालयको प्रतिभा, हाजीरजवाफ, बक्तित्वकला, निवन्धलेखन, नृत्य लगायतको कार्यक्तम भएको थियो । सो कार्यक्तममा जनप्रतिनिधि, कर्मचारी,अभिभावक र विभिन्न विभिन्न संघसस्थाका प्रमुखहहरुले अवलोकन गरेका थिए ।समापन कार्यक्तममा जिल्ला समन्वय समितिका सभापति देवेन्द्रबहादुर कटुवालको प्रमुख आथिथ्यतामा विभिन्न प्रतियोगितामा सहभागि भएर विजेता तथा महोत्सव सफल बनाउन सहयोग गर्नेलाई सम्मान गरिएको थियो । समापन कार्यक्तममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, कृषि बैज्ञानिक डाक्टर टिका कार्कीले विद्यालयको शिक्षा नीति र पढाउने शैलिलाई परिवर्तन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l