भगवतीमा नेकपाको पूर्ण बैठक
- १७ जेष्ठ २०७६, शुक्रबार
- 2004 पटक पढिएको
म्याग्दी १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले जिल्लाको स्थानीय तहमा विस्तार गरेको कमिटिहरुको बैठक तथा भेलाले तिब्रता पाएको छ । यसैबिच शुक्रवार रघुगंगा गाउँपालिका–२ भगवतीमा नेकपाको वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नवगठित कमिटिलाई पद तथा गोपनीयताको सपथ समेत ग्रहण गराइएको छ ।

भेलामा नेकपा रघुगंगा कमिटीका अध्यक्ष दिपक कार्कीले सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटीका अध्यक्ष झलक शर्माको अध्यक्षतामा भएको भेलामा बोल्दै नेकपा रघुगंगा गाउँ कमिटिका अध्यक्ष दिपक कार्कीले वडा तहमा हुने विकास निर्माणका कार्यहरुलाई प्रभाबकारी बनाउनको लागि जुट्न वडा तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश र संघिय सरकार मार्फत विकास निर्माण योजनाहरु भित्र्याउन आफुहरु लागिपरेको समेत बताउनुभयो ।
कार्यक्रममा रघुगंगा –२ का वडा अध्यक्ष रिम कटुवाल र नेकपा रघुगंगा कमिटिका सचिब हरि भण्डारीले नेकपाको नेतृत्वले मात्रै जनताको आबश्यकतालाई सम्बोधन गर्ने बताउँदै पार्टीको संगठनलाई बलियो बनाउन सबै जुट्नुपर्नेमा जोड दिनुभयो । नेकपा रघुगंगा कमिटीका सदस्य ध्रुव सुवेदीको स्वागत र नरबहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।