लिटल गार्डेनको ट्राफिक सचेतना कार्यक्रम

  • १६ जेष्ठ २०७६, बिहीबार
  • 1974 पटक पढिएको

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले ‘सडक सचेतना तथा ट्राफिक सुरक्षा ’ विषयक एक दिवशीय कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रम अन्र्तगत गणतन्त्र दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरीहरूको सक्रिय सहभागितामा सडक सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

सडक सुरक्षा सम्बन्धी विभिन्न सचेतनामुलक प्ले कार्ड सहित बेनी बजार परिक्रमा गरिएको थियो । सो अवसरमा विद्यालयको तर्फबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सन्देशमुलक होडिङ बोर्ड प्रदान गरिएको छ ।

त्यस्तै सोही अवसरमा विद्यालयका विद्यार्थीहरुहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण समेत दिईएको छ । विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख मित्रलाल ढकालले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रिन्सिपल खुमबहादुर के .सी .ले गर्नुभयको थियो ।